क्यानबेरा । अस्ट्रेलियाको उत्तरपूर्वी राज्य क्विन्सल्यान्डमा सोमबार विमान दुर्घटना हुँदा विमानमा सवार सबै तीनजनाको मृत्यु भएको राज्य प्रहरीले जनाएको छ । हल्का विमान क्विन्सल्यान्डको राजधानी ब्रिस्बेनको पश्चिममा फर्नभेल नजिकैको झाडीमा दुर्घटना भएको हो ।
प्रारम्भिक विवरणअनुसार विमान स्थानीय समयअनुसार बिहान १० बजे डल्बी प्रस्थान गरेको थियो । आरचेर्फिमा अवतरणका निम्ति विमानको समय निर्धारित थियो । अस्ट्रेलियाको हवाई यातायात सुरक्षा ब्युरोको सहयोगमा दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सिन्ह्वाले जनाएको छ ।
