• ट्रेण्डिङ्ग :
राजपत्रमा प्रकाशित भयो निर्वाचन आचारसंहिता 

राजपत्रमा प्रकाशित भयो निर्वाचन आचारसंहिता 


  • 5.5K
    SHARES
    • भाद्र १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    राजपत्रमा प्रकाशित भयो निर्वाचन आचारसंहिता 

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा आज प्रकाशन भएको छ ।

    images

    आयोगले उक्त आचारसंहिता यही भदौ २० गतेपछि तोकिएको मितिदेखि लागु गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले सामान्यतः निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारी मनोनयन हुनुपूर्व आचारसंहिता जारी गर्ने गरेको छ ।

    आचारसंहितामा दल, उम्मेद्‌वार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ । निर्वाचनमा आगामी असाज २ गते सामानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यसूची रहेको छ ।