• ट्रेण्डिङ्ग :
उपत्यकामा सवारी नियम उल्लंघन बढ्दो,  ३ हजार बढी चालक कारबाहीमा

उपत्यकामा सवारी नियम उल्लंघन बढ्दो,  ३ हजार बढी चालक कारबाहीमा


  • 4.6K
    SHARES
    • भाद्र १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    उपत्यकामा सवारी नियम उल्लंघन  बढ्दो,  ३ हजार बढी चालक कारबाहीमा

    काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लंघन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन् ।

    images

     कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना नगर्ने दुई सय ३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने तीन सय १२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन गर्ने ६८ र अन्य विभिन्नमा दुई हजार दुई सय १३  चालक रहेका छन्  ।  कार्यालयले ट्राफिक नियमको पालना गरी सवारीसाधन चलाउन सबैलाई आह्वानसमेत  गरेको छ । 

  • सम्बन्धित विषय:

  • # सवारी नियम उल्लंघन बढ्दो

  • तेस्रो आँखा
    लेखकबाट थप