• ट्रेण्डिङ्ग :
रौतहटमा चट्याङ लागेर एकै गाउँका तीनको मृत्यु

रौतहटमा चट्याङ लागेर एकै गाउँका तीनको मृत्यु


  • 3.3K
    SHARES
    • भाद्र १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 5.1K Views

    रौतहटमा चट्याङ लागेर एकै गाउँका तीनको मृत्यु

    रौतहट । रौतहटको गरुडा नगरपालिका–३ मलाही टोलमा आज चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु भएको छ । खेतमा काम गर्ने क्रममा तीनै जनालाई चट्याङ लागेको हो ।

    images

    मृत्यु हुनेमा मलाही गाउँका ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रुपेशकुमार सिंहले जानकारी र्दिए । सुदनिया र जगिया एउटै परिवारका हुन् ।

    चट्याङबाट ४० वर्षीया सैली देवी घाइते भएकी छन् । यसैबीच गरुडा नगरपालिकाका प्रमुख कन्थमणी जयसवालले घटनास्थल पुगेर पीडित परिवारलार्ई सहयोग गर्ने आश्वासन दिएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवले जानकारी दिए । रासस

  • सम्बन्धित विषय:

  • # रौतहटमा चट्याङ

  • तेस्रो आँखा
    लेखकबाट थप