• ट्रेण्डिङ्ग :
विद्यार्थीसहित २४८ चालकलाई कारबाही

विद्यार्थीसहित २४८ चालकलाई कारबाही


  • 11.3K
    SHARES
    • भाद्र १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 17.4K Views

    विद्यार्थीसहित २४८ चालकलाई कारबाही

    काठमाडौं । काठमाडौं उपत्यकामा विद्यार्थी सुरक्षालक्षित जाँच अभियानका क्रममा दुई सय ४८ चालक कारबाहीमा परेका छन् ।

    images

    उपत्यकाका विभिन्न ठाउँमा मंगलबार गरिएको सवारीसाधन जाँचका क्रममा कागजपत्र साथमा नभएका सात विद्यार्थी र ट्राफिक नियम उल्लंघन गर्ने दुई सय ४१ जना चालक कारबाहीमा परेका हुन् ।

    तीमध्ये मदिरा सेवन गरी सवारीसाधन चलाउने तीन चालकसमेत छन् । नयाँबसपार्क क्षेत्रबाट बा.३ख १००३ नम्बरको बस चालक, बा.१ज ८१८१ नम्बरको माइक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा.४ख ८०५९ नम्बरको ट्रक चालकलाई मापसे गरी सवारी साधन चलाएको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको हो । 

    पछिल्लो केही समयदेखि ट्राफिक प्रहरीले विद्यार्थी लक्षित सवारीसाधन जाँच अभियान चलाउँदै आएको छ भने नियम उल्लंघनविरुद्धको कारबाही पनि अभियानकै रूपमा अघि बढाएको छ । 

  • सम्बन्धित विषय:

  • # विद्यार्थीसहित २४८ चालकलाई कारबाही

  • तेस्रो आँखा