• ट्रेण्डिङ्ग :
देशभरि सामान्यदेखि पूर्ण वर्षा, आवाश्यक सतर्कता अपनाउन आग्रह

देशभरि सामान्यदेखि पूर्ण वर्षा, आवाश्यक सतर्कता अपनाउन आग्रह


  • 5.3K
    SHARES
    • भाद्र १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    देशभरि सामान्यदेखि पूर्ण वर्षा, आवाश्यक सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभरि हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ । हाल देशभर सामान्यदेखि पूर्णतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले बुलेटिनमार्फत जनाएको छ । गण्डकी प्रदेशका केही तथा प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

    images


    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।  प्रदेश नं १,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशहरुका  केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


    राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 


    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  

    आगामी चौबीस घण्टामा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ । 

    उक्त प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन, यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रहआग्रह गरेको छ । ।