चितवन । पहिरोले अवरुद्ध बनेको मुग्लिन-नारायणगढ खण्ड नियमित भएको छ । पहिरो पन्छाएसँगै सडकमा यातायातका साधन नियमित भएको हो ।
चितवनको भरतपुर महानगरपालिका २९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ-मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे ख्याल गर्न प्रहरीले आग्रह गर्दै आएको छ ।
