• ट्रेण्डिङ्ग :
देशभरि सामान्य वर्षा हुने, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

देशभरि सामान्य वर्षा हुने, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना


  • 4.6K
    SHARES
    • भाद्र १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    देशभरि सामान्य वर्षा हुने, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    काठमाडौं। हाल देशभरि मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरचर्फ अवस्थित रहेको छ।अहिले देशभरिको मौसम  आंशिकदेखि सामान्य बदली रहेको छ। लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ । 

    images

    देशभर आज (शुक्रबार) दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    यसैगरी, राती देशभरि आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन\चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको बुलेटिनमा उल्लेख छ । 

    यसैबीच,आगामी २४ घण्टामा देशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उक्त प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन\ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले सर्वधारणमा आग्रह समेत गरेको छ ।