• ट्रेण्डिङ्ग :
पाकिस्तानमा रेल पल्टिँदा उन्नाइसको मृत्यु, १२ सय ५६ घाइते

पाकिस्तानमा रेल पल्टिँदा उन्नाइसको मृत्यु, १२ सय ५६ घाइते


  • 5.9K
    SHARES
    • भाद्र १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    पाकिस्तानमा रेल पल्टिँदा उन्नाइसको मृत्यु, १२ सय ५६ घाइते

    कराँची । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । यहाँ केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो गएको छ । 

    images

    पहिरोका कारण सडकमा क्षति पुगेको छ । यसबाट रेलका लिगहरु पनि बिग्रिएका छन् । यसबाट हुन गएको रेलको दुर्घटनामा परी गएको २४ घन्टा यतामात्र कम्तीमा पनि २४ जनाको ज्यान गएको बताइएको छ । पाकिस्तानले विपद् व्यवस्थापन प्राधिकरणले सो कुराको जानकारी दिएको छ । प्राधिकरणले यहाँको रेल सेवा पनि मौसमी वर्षाका कारण प्रभावित हुन पुगेको बताएको छ ।

    प्राधिकरणले बिहीबार राति सार्वजनिक गरेको एक रिपोर्टमा गएको २४ घन्टामा १९ जनाको ज्यान गएको र त्यस दुर्घटनामा नौ जना बालबालिका र अरु सात महिला पनि परेका जानकारी गराइएको छ ।

    भारी वर्षा र बाढीले पाकिस्तानमा ठूलो जनधनको क्षति हुन पुगेको छ । यहाँका एक हजारभन्दा बढी व्यक्तिको बाढीबाट ज्यान गएको छ भने अरु हजारौँ जना घाइते भएका छन् ।

    बाटो, विजुलीलगायतका भौतिक पूर्वाधारमा पनि यहाँको बाढी र पहिरोले क्षति पुर्‍याएको बताइएको छ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित हुन पुगेको छ । बिहीबारमात्र सिन्ध प्रान्तमा १२ जनाको ज्यान गएको थियो । अरु कैयौँ घाइते भएका छन् ।