• ट्रेण्डिङ्ग :
उदयपुरमा एकै परिवारका तीन जनाको हत्या, एक जना पक्राउ

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या, एक जना पक्राउ


  • 3.9K
    SHARES
    • भाद्र १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    उदयपुरमा एकै परिवारका तीन जनाको हत्या, एक जना पक्राउ

    काठमाडौं । उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका ७ उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

    images

    हत्या गरेको आशङ्कामा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत रहेका प्रहरीले जनाएको छ । पक्राउ पर्ने व्यक्ति नाताभित्रकै भएका प्रहरीले जनाएको छ । घटनास्थल उदपुरको विकट ठाउँमा पर्छ । टुक्रा–टुक्रा पारिएको अवस्थामा शव भेटिएको छ । 

    प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी प्रहार गरेको हुन सक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।