• ट्रेण्डिङ्ग :
टासी आर. घलेको से फोक्सुण्डोको तस्बिर बन्यो ‘फोटो अफ दी इअर’

टासी आर. घलेको से फोक्सुण्डोको तस्बिर बन्यो ‘फोटो अफ दी इअर’


  • 4.4K
    SHARES
    • भाद्र १८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    टासी आर. घलेको से फोक्सुण्डोको तस्बिर बन्यो ‘फोटो अफ दी इअर’

    काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा अठोट नेपालको आयोजनामा ‘प्रिजेन्टिङ नेपाल फोटो कम्पिटिसन २०२२ काठमाडौंमा गरिएको छ । देशभरबाट सात सय फोटोप्राफरबाट छानिएका २७ सय फोटोबाट चारवटालाई चार विधाका उत्कृष्ट फोटोका रुपमा छनोट गरिएको हो । यसरी छनोट हुने भएका चारमध्ये टासी आर. घलेको से फोक्सुण्डोको फोटो फोटो अफ दी इअर छनोट भएको छ ।

    images

    चार उत्कृष्टमध्ये नेचर विधामा टासी आर. घलेको से फोक्सुण्डोको तस्बिर प्रथम, कल्चर विधामा राजन मर्हजनको कात्तिके नाच प्रथम, वाइल्ड लाइफ विधामा विनय रावलको चितुवाको फोटो तथा लाइफस्टाइल विधामा सुशीलकुमार श्रेष्ठको माटाको भाँडा बनाएको फोटो पुरस्कृत भएका छन् ।

    पुरस्कृत फोटोग्राफरलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ तथा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख प्रमुख धनञ्जय रेग्मीले नगद ५०-५० हजार रुपैयाँ तथा सम्मानपत्रले सम्मान गरेका थिए । कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल नेचर, कल्चर र एडभेन्चर हेरक हिसावले विश्वकै उत्कृष्ट गन्तव्य भएको बताउँदै यसको प्रवर्द्धनका लागि फोटो महत्त्वपूर्ण माध्यम भएको बताए । उनले नेपाललाई सदाबहार पर्यटकीय गन्तव्यका रुपमा प्रचार गर्न सके यसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताए ।

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीले बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि फोटोको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताउँदै विजयी फोटोग्राफरलाई बधाई ज्ञापन गरे । फोटो छनोटको लागि पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, नबिल बैंकका डीजीएम मनोज ज्ञवाली, पत्रकार राजेन्द्र बानियाँ र फोटोपत्रकार भरतबन्धु थापा सम्मिलित निर्यायक समिति गठन गरिएको थियो । यस्तै बोर्डमा उत्कृष्ट फोटोसहित छनोटमा परेका अन्य फोटोहरुको समेत प्रदर्शनीसमेत गरिएको थियो ।