काठमाडौं । नेपाल र केन्याबीचको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले केन्यालाई दुई सय ३१ रनको लक्ष्य दिएको छ ।
नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै दुई सय ३० रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रन बनाए । यस्तै देव खनालले ३७ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए । तीन खेलको शृङ्खलामा नेपाल एक–शून्यले अघि छ ।
हिजो शुक्रवार भएको पहिलो खेलमा नेपालले केन्यालाई सात विकेटले हराएको थियो । तेस्रो खेल सोमवार हुने जनाइएको छ । यसअघि पाँच शृङ्खलाको टी–२० प्रतिस्पर्धामा नेपालले केन्यालाई ३–२ ले जितेको थियो ।
