• ट्रेण्डिङ्ग :
महिला साफ च्याम्पियनसीप आजदेखि, उद्घाटन खेल नेपाल र भुटानबीच

महिला साफ च्याम्पियनसीप आजदेखि, उद्घाटन खेल नेपाल र भुटानबीच


  • 5.0K
    SHARES
    • भाद्र २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    महिला साफ च्याम्पियनसीप आजदेखि, उद्घाटन खेल नेपाल र भुटानबीच

    काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरुहुँदै छ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ । नेपाल समूह बी समूहमा परेको छ ।

    images

    नेपालको समूहमा श्रीलङ्का र भुटान छन् । समूह ए मा भने भारत, बङ्गलादेश र माल्दिभ्स छन् । समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ । यस खेल भने भदौ २७ गते हुनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । 

    आजको उद्घाटन खेल नेपाल र  भुटानबीच  साँझ ५ः३० बजे हुनेछ  । अनुभवी र युवा खेलाडीको समिश्रणले बनेको नेपाली टोली भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गर्ने दाउमा  छ  भने  भुटान पनि नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गर्न चाहन्छ ।

    नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक कुमार थापाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने र पहिला लिग चरणमा नै आफ्नो टोलीको ध्यान केन्द्रित रहने बताए। नेपालले हालसम्म साफ च्यापियनसीपको उपाधि जित्न सकेको छैन ।

    भुटानकी प्रशिक्षक क्युङ सुक होङले भने प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको जानकारी दिए । नेपाली टोलीमा  एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ, हीराकुमारी भुजेल, अमृता जैसी (उपकप्तान), गीता राना, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक र विमला चौधरी छन् । 

    यसैगरी टोलीमा मञ्जलीकुमारी योञ्जन, प्रिती राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी, अमिशा कार्की, रेखाकुमारी पौडेल, सावित्रा भण्डारी र रश्मीकुमारी घिसिङ छन् ।

  • सम्बन्धित विषय:

  • # महिला साफ च्याम्पियनसीप

  • तेस्रो आँखा
    लेखकबाट थप