• ट्रेण्डिङ्ग :
निजामती सेवा दिवस मनाइँदै, निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग !

निजामती सेवा दिवस मनाइँदै, निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग !


  • 7.4K
    SHARES
    • भाद्र २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    निजामती सेवा दिवस मनाइँदै, निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग !

    काठमाडौं । नेपालमा आज (बुधबार) निजामती सेवा दिवस मनाइँदै छ । यो दिवसका अवसरमा निजामती कर्मचारीसँग सम्बन्धित संघसंसस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । नेपालमा हरेक वर्षको भाद्र २२ गते देशभरि विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ ।

    images

    विसं २०६२ सालदेखि निजामती दिवस मनाउन सुरु गरिएको हो । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले विसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर दिवस मनाउन थालिएको हो । यस दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात् सेवानिवृतहरुलाई पनि सम्मान गर्नेलगायतका कार्यक्रमहरू आयोजना गर्छ । 

    निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । राज्यले आफ्ना नागरिकलाई आफ्नो उपस्थिति र न्यायमा आधारित प्रशासनको प्रदान गर्न निजामती कर्मचारीहरूको भूमिका अतुलनीय रहेको छ । निजामती कर्मचारीहरुको सम्मानका लागि दिवस मनाउने गरिए पनि कार्यालयमा काम गर्दाको पारदर्शिता र चुस्तता कायम गर्ने नसकेको गुनासो छ ।