• ट्रेण्डिङ्ग :
महिला साफ फुटबल
नेपाल Vs भुटान : नेपाल ४-० गोलले विजयी

नेपाल Vs भुटान : नेपाल ४-० गोलले विजयी


  • 4.4K
    SHARES
    • भाद्र २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    नेपाल Vs भुटान : नेपाल ४-० गोलले विजयी

    काठमाडौं । काठमाडौंमा मंगलबारदेखि सुरु भएको छैटौं संस्करणको महिला साफ च्याम्यिनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । घरेलु मैदान र दर्शकको राम्रो साथ पाएको नेपालले भुटानमाथि ४-० गोल अन्तरको जित दर्ता गर्‍यो ।

    images

    नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ र अनीता बस्नेतले दुई/दुई गोल गरे । सावित्राले पहिलो हाफको १२औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थपेको थियो । सावित्राले नै व्यक्तिगत दोस्रो गोल ६८औं मिनेटमा गरेकी हुन् । सावित्राले नेपालका लागि गोल संख्या ४० पुर्‍याएकी छन् ।  

    २ गोलले अग्रता लिएको नेपालले ७३औं मिनेटमा तेस्रो गोल गरेको थियो । त्यतिबेला अनीताले व्यक्तिगत पहिलो तथा टिमका लागि तेस्रो गोल गरिन् । उनैले ८४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा नेपालले भुटानमाथि ४-० को सहज जित दर्ता गरेको हो ।