• ट्रेण्डिङ्ग :
देशभरि आज सामान्यदेखि मध्यम वर्षा हुने, बागमती प्रदेशमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

देशभरि आज सामान्यदेखि मध्यम वर्षा हुने, बागमती प्रदेशमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना


  • 5.2K
    SHARES
    • भाद्र २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    देशभरि आज सामान्यदेखि मध्यम वर्षा हुने, बागमती प्रदेशमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना


    काठमाडौँ । हाल देशभरि मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सामान्य बदली रहेको छ । अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र  गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको  तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ ।

    images

     प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज  बुधबार दिउँसो सामान्य बदली रहने छ ।  बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १,  बागमती प्रदेश  र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।  बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

    देशभरि आज राति आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ ।

    आगामी चौबीस घण्टामा प्रदेश १,  बागमती प्रदेश  र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ। बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । पहाडी भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

  • सम्बन्धित विषय:

  • # मौसम
  • # जल तथा माैसम विज्ञान विभाग

  • तेस्रो आँखा