• ट्रेण्डिङ्ग :
चोलेन्द्रको छोरीलाई लालीगुराँस सहकारीको ताकेता- २१ दिनभित्र कर्जा तिर्नू

चोलेन्द्रको छोरीलाई लालीगुराँस सहकारीको ताकेता- २१ दिनभित्र कर्जा तिर्नू


  • 5.1K
    SHARES
    • भाद्र २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    चोलेन्द्रको छोरीलाई लालीगुराँस सहकारीको ताकेता- २१ दिनभित्र कर्जा तिर्नू

    काठमाडौं । ललितपुरमा रहेको लालीगुराँस बहुउद्देशीय सहकारी संस्थाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाकी छोरी सृष्टिलाई २१ दिनभित्र कर्जा तिर्न भनेको छ । तोकिएको सीमाभित्र नतिरेमा धितो लिलाम बिक्री गर्ने चेतावनी पनि सार्वजनिक सूचनामार्फत दिइएको छ ।

    images

    सृष्टिले व्यापारिक कर्जा शीर्षकमा सहकारीबाट ऋण लिएकी थिइन् । सृष्टि पूर्वगभर्नर तिलकबहादुर रावलकी बुहारी हुन् । पूर्वगभर्नर रावलका छोरा विनय रावल उक्त कर्जाका लागि जमानत बसेको सहकारीद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

    सहकारीले जारी गरेको सूचनामा सम्झौताअनुसार समय-समयमा बुझाउनुपर्ने सावाँ, ब्याज र अन्य दस्तुर नतिरेको तथा सम्पूर्ण कर्जाको भाखा नाघेकाले २१ दिनभित्र चुक्ता गर्न भनिएको छ । ऋणी तथा जमानी सदस्यलाई सम्पूर्ण कर्जा रकम चुक्ता गर्न पटक-पटक मौखिक तथा लिखित रुपमा ताकेता गर्दा पनि संस्थाको कर्जा चुक्ता गर्नेतर्फ चासो नदेखाई बेवास्ता गरेको सहकारीको सूचनामा उल्लेख छ ।

    ‘यस संस्थाका ऋण तथा असुली सम्बन्धी विनियमावली, संस्थाको विनियम तथा सहकारी ऐन २०७४, नियमावली २०७५ ले दिएको अधिकार प्रयोग गरी ऋणी तथा जमानीको फोटोसहितको विवरण खुलाई पुनः ३५ दिने सूचना प्रकाशित गरी संस्थाको नाममा दृष्टिबन्धकी पारित गरी दिएको धितो (घरजग्गा) लिलाम बिक्री गरी सम्पूर्ण कर्जा रकम असुल उपर प्रक्रिया अगाडि बढाइनेछ,’ सहकारीद्वारा प्रकाशित सूचनामा छ ।

    Laligurush.jpg