• ट्रेण्डिङ्ग :
दार्चुलामा बाढीले पुर्‍यायो क्षति : एकको मृत्यु, ६ जना बेपत्ता

दार्चुलामा बाढीले पुर्‍यायो क्षति : एकको मृत्यु, ६ जना बेपत्ता


  • 5.7K
    SHARES
    • भाद्र २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    दार्चुलामा बाढीले पुर्‍यायो क्षति : एकको मृत्यु, ६ जना बेपत्ता

    दार्चुला । सदरमुकामस्थित खलंगाको बंगाबगड क्षेत्रमा शुक्रबार रातिदेखि परेको अविरल वर्षाले धनजनको क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दका अनुसार करिब डेढ दर्जन घर बग्नुका साथै ६ जना बेपत्ता भएका छन् । एकजनाको शव फेला परेको छ । 

    images

    जिल्लाको महाकाली नगरपालिका ३, डुङ्गरी क्षेत्रमा एकै घरका चार जना धनसिंह, मानमती, दीपक, दिनेश कार्की बेपत्ता भएका छन् । जिल्लाको नौगाड गाउँपालिकामा ३५ वर्षीय चिमणे ठगुन्नाको मृत्यु भएको र एकजना बेपत्ता हुनुका साथै दुईजना सख्त घाइते भएका छन् । घाइते हुनेमा नौगाड गापाका कासी ठगुन्ना र रम्बा ठगुन्ना छन् ।

    घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत लैजाने व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उक्त जोखिम क्षेत्रमा सुरक्षाकर्मीले राति नै मान्छे अन्यत्र सारेको छ ।

    बाढीले दर्जनौं घर बगाउनुका साथै लास्को खोलाको झोलुंगे पुल पनि बगाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रातिदेखि अहिलेसम्म उद्धार कार्य जारी नै रहेकाले क्षतिको पूरै विवरण प्राप्त हुन बाँकी रहेको छ ।
     
    त्यस्तै महाकाली नगरपालिका ३, लास्को खोलाले रोकेर राखेका सातवटा गाडीसमेत बगाएको छ । घटनास्थल क्षेत्रमा उद्धारकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । शुक्रबार रातिदेखि परेको अविरल वर्षाले दार्चुला तिंकर सडकमा पर्ने लास्कुखोलामाथिको झोलुंगे र मोटर पुलसमेत बगाएको छ । बिहानदेखि पानी पर्न छोडे पनि उक्त क्षेत्रमा नदीले अझै कटान गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

    lasku-khola-Darchula.jpg

    -रासस