काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति नेपाल सरकारले शोक मनाइरहेको छ । यस्तै विभिन्नन सरकारी निकायका राष्ट्रिय झण्डा तीन दिन झुकाउने पनि भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजाबेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले शनिबार बिहानकाठमाडौंस्थित बेलायती दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश लेख्दै दुःख पनि व्यक्त गरेका हुन् ।
एलिजाबेथ द्धितीयको निधनप्रति विश्व नेताहरुले समवेदना व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका नेताहरुले सहानूभूति व्यक्त गरेका हुन् ।महारानी एलिजाबेथ द्धितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।
