काठमाडौं । बुटवलमा विद्यालय जान भनि निस्केर बेपत्ता भएको तीन बालक भारतकाे मुम्बइमा फेला परेका छन्। शुक्रबारदेखि बेपत्ता भएका बुटवल उपमहानगरपालिका-११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल मुम्बइमा आफन्तकोमा भेटिएको रुपन्देही प्रहरीले जनाएको छ । उनीहरू शनिबार राति २ बजे मुम्बईको केरला रेल्वे स्टेशनमा भेटिएको उनीहरुका आफन्तले सञ्चारक्मीलाई जनाएका छन् । उनीहरु मुम्बइसम्म कसरी पुगे भन्ने खुलेको छैन ।
विद्यालय जान भनेर निस्केका उनीहरु साँझसम्म घर नफर्किएपछि परिवार खोजीका लागि प्रहरीमा गएका थिए। प्रहरीले अनुसन्धान गर्दा तीनै जना समीर लम्सालको बुबाले रोजगारी गर्ने ठाउँमा पुगेका र उनीहरू सुरक्षित रहेको सागरका मामा राजु पन्थीले प्रहरीलाई जानकारी दिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ। तीनजना मध्ये २ जना नवीन औद्योगिक मावि र१ जना नहरपुर माविमा अध्ययनरत रहेको बताइएको छ ।
