• ट्रेण्डिङ्ग :
सवारी साधनमा रहेका नागरिकमाथि आइएसको हमला, ६ जनाको मृत्यु

सवारी साधनमा रहेका नागरिकमाथि आइएसको हमला, ६ जनाको मृत्यु


  • 4.6K
    SHARES
    • भाद्र २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    सवारी साधनमा रहेका नागरिकमाथि आइएसको हमला, ६ जनाको मृत्यु

    दमासकस । सिरियाको हासकाह प्रान्तमा आइएसको आक्रमणमा परी कम्तीमा पनि छ जना नागरिकको ज्यान गएको छ । यहाँको हासकाह प्रान्तमा आइतबार सडकमा सवारी साधनमा रहेका नागरिकमाथि हमला गरेर ती व्यक्तिको ज्यान लिएका हुन् ।

    images

    आइएसका आतङ्ककारीहरुले सडकमा रहेका नागरिकलाई एम्बुसमा पारेर हत्या गरेका हुन् । मारिएका व्यक्ति को हुन् भन्ने बारेमा भने आझै खुलेको छैन ।

    पछिल्लो समयमा आइएस आतङ्ककारीहरुले सडकमै एम्बुस थापेर व्यक्ति हत्या गर्ने गरेका छन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार आइएसहरुले सन् २०२२ शुरुबाट हालसम्म एक सय ३० वटा एम्बुस आक्रमण गरेका थिए । ती आक्रमणहरुमा परेर एक सय भन्दा बढी सर्वसाधारण मारिएका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप