• ट्रेण्डिङ्ग :
दोहोरो अंकले घट्यो नेप्से, ३८ करोडको कारोबार

दोहोरो अंकले घट्यो नेप्से, ३८ करोडको कारोबार


  • 5.1K
    SHARES
    • भाद्र २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    दोहोरो अंकले घट्यो नेप्से, ३८ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसूचक १३ दशमलव ५४ अंकले ओरालो लागेर १९१२ दशमलव ७४ मा सीमित भएको छ ।

    images

    यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सिटिभ इन्डेक्स दुई दशमलव ३९ अंकले ओरालो लागेर ३७२ दशमलव ३४ अंकमा सीमित भएको छ । २२५ कम्पनीको २६ लाख १३ हजार ५४० कित्ता सेयर किनबेच हुँदा सोमबार कुल ८३ करोड १६ लाख तीन हजार ६५१ रुपैयाँबराबरको कारोबार भएको छ । 

    कारोबार भएका १३ उपसमूहमध्ये सोमबार सामूहिक लगानी कोषको मात्रै सेयर मूल्यमा सामान्य वृद्धि भएको छ । यो उपसमूह शून्य दशमलव शून्य दुई अंकले उकालो लागेको छ । बैंकिङ समूह पाँच दशमलव १७, व्यापार सात दशमलव ५१, होटेल तथा पर्यटन ६ दशमलव ६३, विकास बैंक १४ दशमलव २८, जलविद्युत् ३० दशमलव ६६, वित्त १७ दशमलव ४८, निर्जीवन बिमा ४६ दशमलव ८८, उत्पादन २३ दशमलव ८१, लघुवित्त ३० दशमलव २६, जीवन बिमा ५२ दशमलव ५५ र लगानी शून्य दशमलव ४१ अंकले ओरालो लागेको छ ।  

    नेप्सेका अनुसार सोमबारको कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ४३ अर्ब ६२ करोड १५ लाख ९२ हजार चार सय २४ रुपैयाँबराबर भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । नबिलको चार करोड सात लाख ५४ हजार सात सय ६३ रुपैयाँबराबरको कारोबार भयो ।

    रिडी हाइड्रोपावर दुई करोड ७९ लाख ५८ हजार, हिमालयन डिस्टिलरी दुई करोड ५६ लाख ७१ हजार चार सय ६३, अपि पावर कम्पनी दुई करोड २७ लाख ७९ हजार दुई सय ७७, नेपाल पुनर्बिमा कम्पनीको दुई करोड पाँच लाख ७५ हजार दुई सय ८३ रुपैयाँबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

    नेप्सेका अनुसार युनाइटेड इदी मर्दी हाइड्रोपावर चार दशमलव १७, सनराइज बैंकको ऋणपत्र दुई, बोटलर्स नेपाल तराई नेपाल एक दशमलव ९८, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो एक दशमलव ९८ र आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले एक दशमलव ९८ प्रतिशतले कमाएका छन् ।

    त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र नौ दशमलव ५८, सामुदायिक लघुवित्त पाँच दशमलव ८७, अप्पर हेवाखोला हाइड्रोपावर चार दशमलव १५, दोर्दी खोला जलविद्युत् कम्पनी चार दशमलव १४ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले तीन दशमलव ७५ प्रतिशतले गुमाएका छन् । 

  • सम्बन्धित विषय:

  • # सेयर कारोबार

  • तेस्रो आँखा
    लेखकबाट थप