• ट्रेण्डिङ्ग :
सावित्राले श्रीलंका विरुद्धको खेल गुमाउने

सावित्राले श्रीलंका विरुद्धको खेल गुमाउने


  • 4.3K
    SHARES
    • भाद्र २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    सावित्राले श्रीलंका विरुद्धको खेल गुमाउने

    काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले महिला साफ च्याम्पियसिपअन्तर्गत आज हुने श्रीलंकाविरुद्धको खेल गुमाउने भएकी छिन् ।

    images

    उनको स्वास्थ्यमा समस्या देखिएपछि श्रीलंकाविरुद्धको खेल गुमाउने निश्चित भएको हो । सावित्रालाई डेंगु देखिएपछि आजको खेलमा विश्राम लिने अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश साहले बताए । सावित्रासँगै गोलरक्षक प्रशिक्षक सुरज मोक्तानलाई पनि डेंगु देखिएको छ । उनीहरुको स्वास्थ्यस्थिति भने सामान्य रहेको छ । 

    यसअघि राष्ट्रिय फुटबल टोलीका सदस्य मन्जलीकुमारी योन्जनलाई पनि डेंगु संक्रमण भएको थियो । नेपालले श्रीलंकासँग आज साँझ ५ः३० बजे खेल्दैछ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नेपाल दोस्रो जितको खोजीमा छ । यसअघि नेपालले आफनो पहिलो खेलमा भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । त्यति बेलाको खेलमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् भने अनिता बस्नेतले पनि समान दुई गोल नै गरेकी थिइन् ।

    समूह बी मा रहेको नेपालले एक खेलमा शीर्ष तीन अंक जोडेको छ । नेपालले श्रीलंकालाई पराजित गरेमा समूह बी को विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । समान एक खेल खेलको श्रीलंका अंकविहीन छ । यसअघि भएको खेलमा श्रीलंका भुटानसँग पराजित भएको थियो ।