• ट्रेण्डिङ्ग :
चट्याङ सहित वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

चट्याङ सहित वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह


  • 4.2K
    SHARES
    • भाद्र २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 6.4K Views

    चट्याङ सहित वर्षाको सम्भावना, सतर्कता अपनाउन  महाशाखाको आग्रह

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

    images

    देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

    यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    वर्षासँगै पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ । 

  • सम्बन्धित विषय:

  • # मौसम

  • तेस्रो आँखा