• ट्रेण्डिङ्ग :
उत्तराखण्डका मुख्यमन्त्री भन्छन्- नेपालका सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गर्ने चाहना छ

उत्तराखण्डका मुख्यमन्त्री भन्छन्- नेपालका सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गर्ने चाहना छ


  • 5.5K
    SHARES
    • भाद्र २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    उत्तराखण्डका मुख्यमन्त्री भन्छन्- नेपालका सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गर्ने चाहना छ

    देहरादुन । भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्कर सिंह धामीले नेपाल र भारतबीच जनस्तरमा अझ सम्बन्ध बढाउन आवश्यक रहेकोमा जोड दिएका छन् । नेपाल-भारतबीच धेरै समानता रहेकाले जनस्तरमा थप सम्बन्ध विस्तार गरी आपसी सम्बन्धलाई बलियो र विश्वासिलो बनाउनुपर्नेमा उनले जोड दिए ।

    images

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीसँगको भेटका क्रममा उनले दुई देशको सम्बन्ध राम्रो बनाउन र जनताबीच सकारात्मक प्रभाव पार्न दुवै देशका सञ्चारमाध्यमहरूले प्रभावकारी भूमिका खेल्न सक्ने बताएका थिए । भेटघाटका क्रममा अध्यक्ष पोखरेलले मुख्यमन्त्री धामीलाई नेपाल भ्रमणमा आउन आग्रह पनि गरेका थिए । जवाफमा धामीले नेपालका धेरै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरूमा भ्रमण गर्ने चाहना पनि व्यक्त गरे ।
     
    मुख्यमन्त्री धामीलाई महासंघका अध्यक्ष पोखरेलले नेपाल आउँदा पशुपतिनाथ मन्दिरनजिकै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय रहेकाले त्यहाँ पनि आउन निमन्त्रणा गरेका थिए । महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यसहितको नेपाली टोलीले भारतको प्रदेशस्तरका सञ्चारसम्बन्धी कानुनी व्यवस्था र मिडियाको व्यवस्थापनबारे छलफल गरेको थियो ।


    तेस्रो आँखा