• ट्रेण्डिङ्ग :
राजदूत शर्मासँग महासंघ टोलीको भेट, भारतमा रहेका पत्रकारको काम र अवस्थाबारे छलफल

राजदूत शर्मासँग महासंघ टोलीको भेट, भारतमा रहेका पत्रकारको काम र अवस्थाबारे छलफल


  • 5.6K
    SHARES
    • भाद्र २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    राजदूत शर्मासँग महासंघ टोलीको भेट, भारतमा रहेका पत्रकारको काम र अवस्थाबारे छलफल

    नयाँदिल्ली । नेपालका लागि भारतीय राजदूत श‌ंकर शर्मासँग नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । 

    images

    भेटमा राजदूत शर्मासँग भारतमा रहेका नेपाली पत्रकारहरुको अवस्था र कामका बारेमा छलफल भएको थियो । यसअघि बुधबार नै अध्यक्ष पोखरेल नेतृत्वको टोलीले भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटवार्ता गरेको थियो । भेटका अवसरमा धामीले नेपाल र भारतबीच जनस्तरमा अझ सम्बन्ध बढाउन आवश्यक रहेकोमा जोड दिएका थिए । उनले नेपाल-भारतबीच धेरै समानता रहेकाले जनस्तरमा थप सम्बन्ध विस्तार गरी आपसी सम्बन्धलाई बलियो र विश्वासिलो बनाउनुपर्नेमा जोड दिए ।

    पोखरेल नेतृत्वको टोलीसँगको भेटका क्रममा मुख्यमन्त्री धामीले दुई देशको सम्बन्ध राम्रो बनाउन र जनताबीच सकारात्मक प्रभाव पार्न दुवै देशका सञ्चारमाध्यमहरूले प्रभावकारी भूमिका खेल्न सक्ने बताएका थिए । भेटका क्रममा अध्यक्ष पोखरेलले मुख्यमन्त्री धामीलाई नेपाल भ्रमणमा आउन आग्रह पनि गरेका थिए । जवाफमा धामीले नेपालका धेरै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरूमा भ्रमण गर्ने चाहना पनि व्यक्त गरे ।

    Bipul Pokhrel India.jpg
     
    मुख्यमन्त्री धामीलाई महासंघका अध्यक्ष पोखरेलले नेपाल आउँदा पशुपतिनाथ मन्दिरनजिकै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय रहेकाले त्यहाँ पनि आउन निमन्त्रणा गरेका थिए । महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यसहितको नेपाली टोलीले भारतको प्रदेशस्तरका सञ्चारसम्बन्धी कानुनी व्यवस्था र मिडियाको व्यवस्थापनबारे छलफल गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # पत्रकार महासंघ

  • तेस्रो आँखा
    लेखकबाट थप