• ट्रेण्डिङ्ग :
पाकिस्तानमा गम्भीर स्वास्थ्य संकट आउन सक्ने !

पाकिस्तानमा गम्भीर स्वास्थ्य संकट आउन सक्ने !


  • 5.0K
    SHARES
    • भाद्र ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    पाकिस्तानमा गम्भीर स्वास्थ्य संकट आउन सक्ने  !

    काठमाडौं । पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन्। जुन महिनाको मध्यदेखि सुरु भएको बाढीका कारण हालसम्म करिब १५०० जनाको मृत्यु र ३३ लाख मानिस प्रभावित भएका छन्।

    images

    देशका विभिन्न भागहरूमा बाढी पीडितको उद्धार र निकासीको प्रयास जारी रहँदा त्यहाँका स्वास्थ्य विज्ञहरूले डेंगु, औलो र गम्भीर ग्यास्ट्रिक सङ्क्रमण दर बढेको विवरणहरू दिएका छन्। अधिकांश विस्थापित मानिसहरू जमेको पानीको छेउछाउमा आश्रय लिइरहेका छन्। उनीहरूमध्ये केहीको डेंगु ज्वरोका कारण निधन भइसकेको छ । हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ।

    दक्षिणी सिन्ध प्रान्तका स्वास्थ्य अधिकारीहरूले करिब ३,८३० मानिसहरूमा डेंगुको ज्वरो आएको विवरण पेस गरेका छन्। उनीहरूमध्ये कम्तीमा नौ जनाको मृत्यु भएको छ। तर यो अनुमान मात्र हुन सक्ने चिन्ताहरू व्यक्त गरिएका छन्।

    'समग्रमा सिन्धको अवस्था निकै खराब छ। हामी प्रान्तभरि चिकित्सकीय शिविरहरू सञ्चालन गर्दैछौँ। अहिले प्राय डेंगुका बिरामीहरू देखिएका छन् र त्यसपछि औलोको बिरामीको सङ्ख्या उच्च छ,' पाकिस्तान मेडिकल एसोसिएसनका महासचिव डा. अब्दुल गफूर शोरोले भने।

    कराचीको आगा खान अस्पतालमा डेंगुका सयौँ बिरामीहरूको उपचार गरिरहेका डाक्टर शोरोले आगामी साताहरूमा अवस्था झनै खराब हुनसक्ने चिन्ता व्यक्त गरे। बाढी आएको दुई महिनाभन्दा लामो समय बित्दा पनि पाकिस्तानभरि हजारौँ गाउँहरू अझै डुबानमा छन्। जसका कारण असंख्य परिवारहरू विस्थापित भएका छन्।

    थुप्रै दुर्गम ठाउँहरूमा पानीको कारण भएको क्षतिले सडकहरू प्रयोग गर्न नसकिने भएकाले, केही समुदायका मानिसहरू आफ्नो स्वास्थ्य जाँच तथा उपचारका लागि अस्थायी घुम्ती स्वास्थ्य शिविरहरूमा भर पर्न बाध्य छन्। यद्यपि, ती थोरै छन्।-बीबीसी

  • सम्बन्धित विषय:

  • # पाकिस्तानी संकट
  • # स्वास्थ्य संकट

  • तेस्रो आँखा