• ट्रेण्डिङ्ग :
ढुंगाखानीमा आएको पहिरोले एकै परिवारका तीनजनाको मृत्यु

ढुंगाखानीमा आएको पहिरोले एकै परिवारका तीनजनाको मृत्यु


  • 3.9K
    SHARES
    • भाद्र ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    ढुंगाखानीमा आएको पहिरोले एकै परिवारका तीनजनाको मृत्यु

    काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका ४, चलालगणेस्थानस्थित ढुंगाखानीमा गएको पहिरोले एकाबिहानै एकै परिवारका तीनजनाको ज्यान लिएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट झरेको पहिरोले पुरिएर दाजु नीरबहादुर तामाङ र बहिनी सावित्री तामाङको घटनास्थलमै मृत्यु भएको र आमा ठूलीमायाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) चक्रराज जोशीका अनुसार घरसहित ४४ वर्षीय नीरबहादुर र ४० वर्षीया सावित्रीको शव पहिरोले पुरिएको अवस्थामा निकालिएको हो । सख्त घाइते भएकी ६५ वर्षीया ठूलीमायाको भने  बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको जोशीले बताए । सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले दाजु-बहिनीको शव निकालेको हो । एकै परिवारको तीनैजनाको मृत्यु भएपछि आफन्त शोकमा डुबेका छन् ।

    पालिकाभित्र सञ्चालित ढुंगाखानी तथा क्रसर उद्योगलाई मापदण्डभित्र रहेर सञ्चालन गर्न गाउँपालिकाले जिल्ला समन्वय समितिसँगको समन्वयमा अनुगमन गरी करिब एक साताअघि मात्रै मापदण्डभित्र रहेर सञ्चालन गर्न र दर्ता तथा आवश्यक कागजात नभएका खानी र उद्योगलाई मापदण्ड पुर्‍याएर मात्रै सञ्चालन गर्न निर्देशन दिइए पनि मापदण्डविपरीत सञ्चालन हुँदै आएको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ढुंगाखानीमा आएको पहिरो
  • # काभ्रे

  • तेस्रो आँखा