• ट्रेण्डिङ्ग :
विश्व ओजोन तह बचाउ दिवस
प्राणीरक्षाका लागि विश्वव्यापी सहकार्यको आह्‌वान

प्राणीरक्षाका लागि विश्वव्यापी सहकार्यको आह्‌वान


  • 4.6K
    SHARES
    • भाद्र ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    प्राणीरक्षाका लागि विश्वव्यापी सहकार्यको आह्‌वान

    काठमाडौं । विश्व ओजोन तह बचाउ दिवस आज मनाइँदै छ। 'पृथ्वीमा जीवनको रक्षा गर्ने विश्वव्यापी सहयोग' भन्ने नाराका साथ यो दिवश मनाइँदै गरेको हो। पृथ्वीमा भएका प्राणीको रक्षाका लागि विश्वव्यापी सहकार्यको आव्हानका साथ पनि यो दिवस मनाइँदैछ ।

    images

    ओजोन तहले सूर्यबाट आउनेमध्ये हानिकारक परावैजनी किरणहरूलाई पृथ्वीसम्म आइपुग्नबाट रोक्ने गर्छ। पृथ्वीको वायुमण्डलको ३० हजार फिट माथि स्थायी रूपमा तह बनेर बसेको ओजोन तह बचाउमा सहयोग पुर्‍याउने उद्देश्यले नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै दिवश मनाउने तयारी छ । 

    विश्व ओजोन दिवस पनि भनिने सेप्टेम्बर १६ मा सन् १९८७ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्त्वको उत्पादनमा कम गर्ने मोन्टेरल हस्ताक्षरको गरेको दिनको सम्झनामा दिवश मनाउन थालिएको हो। हानिकारक तत्त्वहरूमा क्लोरोफ्लोरो कार्बन लगायत अन्य विभिन्न ९४ वटा रसायनहरू पर्दछन्। यस विश्व ओजोन दिवस सन् १९९५ देखि मनाँईदै आएको हो ।

    पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमी माथि रहेको ओजोन एउटा रक्षात्मक कबच हो। यसले सूर्यका हानिकारक किरणलाई पृथ्वीमा सोझै छिर्न बाट रोक लगाउँदछ। मानवीय क्रियाकलापका कारणले गर्दा अनि अव्यवस्थित औद्योगीकरण अनि ज्यादा रसायनको प्रयोगले यस्तो ओजोन तहहरू च्यातिन अनि विनाश हुन थालेको छ 

  • सम्बन्धित विषय:

  • # विश्व ओजोन तह बचाउ दिवस

  • तेस्रो आँखा