काठमाडौं, २७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पटक—पटक स्थगित हुदै आएको संघीय संसदको हिँउदे अघिवेशन मंगलबारबाट सुरुहुदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुवै सदनको अधिवेशन मंगलबार दिउँसो २ बजेलाई आह्वान गरेकी छन् ।
गठबन्धन सरकारको सिफारिसमा राष्ट्रपतिले गत मङ्सिर १७ गते मंगलवारकालागि आह्वान गरेकी थिइनन् । संसद सचिवालयले मंगलबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहाेरालाई संसदमा जानकारी सुरुको कार्यतालिकामा छ ।
त्यस्तै मंगलवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८ पेश गर्ने कार्यतालिका छ । त्यस्तै, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन)अध्यादेश २०७८, र सामाजिक सुरक्षा(पहिलो संशोधन) अध्यादेश २०७८ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै, भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनु कुमारी यादवले रेल्वे अध्यादेश २०७८ पेश गर्ने कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केहि ऐन संशाथेधन गर्ने अध्यादेश २०७८ पेश गर्ने कार्यतालिका रहेको संघीय संसदका महासचिव भरतराज गौतमले बताउनुभयो । मंगलबारको बैठकको तयारीकालागि नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान सभामुख अग्नी प्रसाद सापकोटाले अवलोकन गरेका छन् ।
सूची,

