• ट्रेण्डिङ्ग :
काठमाडौंदेखि पूर्वको यातायात एउटै व्यवस्थापनमा सञ्चालन

काठमाडौंदेखि पूर्वको यातायात एउटै व्यवस्थापनमा सञ्चालन


  • 10.7K
    SHARES
    • आश्विन १, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 16.5K Views

    काठमाडौंदेखि पूर्वको यातायात एउटै व्यवस्थापनमा सञ्चालन

    काठमाडौं । काठमाडौँबाट देशको पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायात आज (शनिबार) देखि एउटै व्यवस्थापनमा सञ्चालन गरिएको छ । यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा चल्दै आएका पूर्व क्षेत्र चल्ने सार्वजनिक सवारी साधन आजदेखि ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत सञ्चालन गरिएको हो ।

    images

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गत रहेको उपसमितिले पूर्वमेची बस व्यवसायी प्रालिसँगको सहकार्यमा ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत आजदेखि बस सञ्चालन गरेको महासंघका उपमहासचिव एवम् उपसमितिका संयोजक रजन रोक्काले जानकारी दिएका छन् । 

    उक्त व्यवस्थापनमार्फत काठमाडौंबाट काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर, रङ्गेली, बुधबारे, बनियानी, गाईघाट, लहानलगायतका क्षेत्रमा सवारीसाधन आवतजावत गर्नेछन् ।

    विभिन्न कम्पनीले आजदेखि एउटै व्यवस्थापनमार्फत दसैँका लागि अग्रिम टिकट बुकिङसमेत खोलेका छन् । आगामी दिनमा पूर्व क्षेत्रमा चल्ने सबै व्यवसायीलाई समेट्दै लैजाने उपमहासचिव रोक्काको भनाइ छ ।

    हाल काठमाडौँबाट पूर्वमा घोडाघोडी यातायात, विनायक, प्राइम, मितेरी, गोल्डेन गुगल, मकालु, मेची एयर, महालक्ष्मी, स्वयम्भू, मेट्रो कोसी, जगत्माता पाथीभरालगायत कम्पनीका बसहरु सञ्चालन हुँदै आएका थिए ।

  • सम्बन्धित विषय:

  • # काठमाडौंदेखि पूर्वको यातायात

  • तेस्रो आँखा