• ट्रेण्डिङ्ग :
बाढी–पहिरो अपडेट
अहिलेसम्म अछाममा पहिरोले लियो १७ जनाको ज्यान

अहिलेसम्म अछाममा पहिरोले लियो १७ जनाको ज्यान


११ जना घाइतेको उद्धार, तीन जनालाई हेलिकोप्टरमार्फत सुर्खेत पठाइयो

  • 5.5K
    SHARES
    • आश्विन १, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    अहिलेसम्म अछाममा  पहिरोले लियो १७ जनाको ज्यान

    कमलबजार नगरपालिका–६ मा ७ जना, वडा नम्बर ८ मा ५ जना, तुर्माखाद गाउँपालिका–५ मा ४ जना र ढकारी गाउँपालिका–६ मा एक जनाको शव भेटिएको रिजालले जानकारी दिए । तुर्माखाद तुर्माखाद गाउँपालिका–५ मा ५ जना र ढकारी गाउँपालिका–१ मा एक जना अझै बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुको खोजी भइरहेको छ ।

    अछामको तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकाको पहिरोमा पुरिएर १७ जनाको मृत्यु भएको छ ।  पहिरोमा पुरिएर कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा गरेर १७ जनाको मृत्यु भएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए ।

    images

    कमलबजार नगरपालिका–६ मा ७ जना, वडा नम्बर ८ मा ५ जना, तुर्माखाद गाउँपालिका–५ मा ४ जना र ढकारी गाउँपालिका–६ मा एक जनाको शव भेटिएको रिजालले जानकारी दिए ।

    तुर्माखाद तुर्माखाद गाउँपालिका–५ मा ५ जना र ढकारी गाउँपालिका–१ मा एक जना अझै बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुको खोजी भइरहेको छ ।

    उक्त पहिरोमा परेर घाइते भएका ११ जनाको उद्धार गरिएको छ । सहायक प्रजिअ रिजाल अनुसार, घाइते मध्ये ८ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । बाँकी तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ । 

    बाढी–पहिरोले ठूलो जनधनको क्षति गरेको र विवरण आउन बाँकी रहेको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए – ‘बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ । विवरण आउन बाँकी छ । बेपत्ताहरुको खोजी भइरहेको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा पठाइएको छ । केहीलाई सुर्खेत पनि पठाइएको छ । प्रशासन विवरण संकलनमै छ ।’

    शुक्रबारदेखिको अविरल कारण अछामका विभिन्न पालिकामा बाढी–पहिरो गएको छ ।

  • सम्बन्धित विषय:

  • # अछाममा पहिरो

  • तेस्रो आँखा
    लेखकबाट थप