मंगलसेन । अछामको विभिन्न ठाउँमा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ। ढकारी गाउँपालिका,कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २२ पुगेको हो ।
ज्यान गुमाउनेहरुमा तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया जानकी शाही, १७ वर्षीया बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही र २१ वर्षीया भावना शाही छन् ।
यसैगरी, ढकारी गाउँपालिका–६ का दुई वर्षीय नविन बुढाको पनि ज्यान गएको छ । यस्तै, कमलबजार नगरपालिका–८, ढुंगाला बस्ने २६ वर्षीय गम्भीर दमाई,२३ वर्षीय भाना दमाई, ६ वर्षीया डिग्रा दमाई, तीन वर्षीय कलु दमाई र चार वर्षीया कल्पना दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
यसैगरी कमलबजार नगरपालिका–६ की ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गिता कामी, १२ वर्षीया सिरु कामी, ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी र ९ वर्षीय निखिल कामीको पनि पहिरोमा परेर मृत्यु भएको छ । प्राकृतिक विपद् पहिरोमा परेर
