• ट्रेण्डिङ्ग :
लक्ष्य पूरा नगरी युक्रेन युद्धबाट पछि नहट्ने राष्ट्रपति पुटिनको अडान, प्रति-आक्रमण युक्रेनका लागि घातक हुने चेतावनी

लक्ष्य पूरा नगरी युक्रेन युद्धबाट पछि नहट्ने राष्ट्रपति पुटिनको अडान, प्रति-आक्रमण युक्रेनका लागि घातक हुने चेतावनी


  • 3.8K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.9K Views

    लक्ष्य पूरा नगरी युक्रेन युद्धबाट पछि नहट्ने राष्ट्रपति पुटिनको अडान,  प्रति-आक्रमण युक्रेनका लागि घातक हुने चेतावनी

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पटिनले युक्रेन युद्धको लक्ष्यबाट पछाडि नहट्ने दाबी गरेका छन् । 

    images

    युक्रेनले रुसी कब्जामा गएको भूमि फिर्ता लिन प्रति-आक्रमण बढाईरहेको बेला पुटिनले डोनबास क्षेत्रलाई मुक्त गर्ने लक्ष्यबाटपछि नहट्ने दाबी गरेका हुन् । रुसी भाषीहरुको बाहुल्य रहेको लुहान्स्क र डोनेत्स्कसहित पूरै डोनबास क्षेत्रलाई मुक्त नगरीपछि नहट्ने राष्ट्रपति पुटिनको दृढता रहेको छ ।

    रुस जुन लक्ष्यसहित गएको हो त्यो बिस्तारै हात लाग्दै गएको दावी गर्दै उनले प्रति-आक्रमण युक्रेनका लागि घातक हुने चेतावनी समेत दिएका छन् ।  पूर्वी युक्रेनमा हुने थप क्षतिका लागि युक्रेनी सत्ता र उसलाई उचालिरहेका पश्चिमा देशहरु जिम्मेवार हुने पनि उनले तर्क गरेका छन् ।

     


    तेस्रो आँखा