• ट्रेण्डिङ्ग :
गोठाटार गोलीकाण्ड
गोली लागेर घाइते मोहम्मदको मृत्यु

गोली लागेर घाइते मोहम्मदको मृत्यु


  • 5.2K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    गोली लागेर घाइते मोहम्मदको मृत्यु

    काठमाडौं । काठमाडौंको गोठाटारमा गोली लागेर सख्त घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ ।

    images

    सर्लाहीको हरिवन नगरपालिका २ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो ।

    त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार गोठाटारको कृष्ण मन्दिरनजिकै मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिले दर्जीमाथि गोली प्रहार गरेर फरार भएका छन् । 

    प्रहरीले गोली प्रहारमा संलग्नको खोजीकार्य तीव्र बनाएको छ ।

  • सम्बन्धित विषय:

  • # गोठाटार गोलीकाण्ड

  • तेस्रो आँखा