• ट्रेण्डिङ्ग :
चितवनमा डेंगुबाट थप एक जनाको मृत्यु

चितवनमा डेंगुबाट थप एक जनाको मृत्यु


  • 3.2K
    SHARES
    • आश्विन ४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 4.9K Views

    चितवनमा डेंगुबाट थप एक जनाको मृत्यु

    काठमाडौं । पूर्वी चितवनको रत्ननगरमा डेंगु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन् ।

    images

    उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा. आलोक प्रधानका अनुसार डेंगु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो । अध्ययनका क्रममा काठमाडौं बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।

    जिल्लामा हालसम्म चार सय २९ जनामा डेंगुको सङक्रमण पुष्टि भएको छ । दुई हजार आठ सय ७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेंगु देखिएको हो । जिल्लामा भेटिएका डेंगुका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र एक सय छ जिल्ला बाहिरका छन् ।  


    तेस्रो आँखा