• ट्रेण्डिङ्ग :
ट्रक दुर्घटनामा २३ महिलाको मृत्यु, ३५ जना घाइते

ट्रक दुर्घटनामा २३ महिलाको मृत्यु, ३५ जना घाइते


  • 4.0K
    SHARES
    • आश्विन ४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.2K Views

    ट्रक दुर्घटनामा २३ महिलाको मृत्यु, ३५ जना घाइते

    लुकासा । जाम्बियामा भएको सवारीसाधन दुर्घटनामा २३ महिलाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने न्सामा जिल्लामा भएको घटनामा अरु ३५ जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । 

    images

    भार क्षमताभन्दा बढी यात्रु बोकेकाले ट्रक दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ । दुर्घटनामा परेको ट्रकमा ५८ यात्रु थिए । अत्यधिक यात्रु भएकाले गुडिरहेको ट्रक अनियन्त्रित भई पहाडबाट तल खसेको हो । 

    सडक यातायात तथा सुरक्षा निकायका प्रमुख कार्यकारी अधिकृत अलिनानी मिसिस्याले पनि क्षमताभन्दा धेरै यात्रु बोकेकाले ट्रक दुर्घटनामा परेको पुष्टि गरे । दुर्घटनामा परेको ट्रकमा रहेका यात्रु सबै युनाइटेड चर्च अफ जाम्बियाबाट फर्किंदै गरेको पनि उनले जानकारी दिए । 

    घटनाबारे जानकारी पाउनेबित्तिकै सुरक्षाकर्मी तथा स्वयंसेवक घटनास्थलमा पुगेर खोजी तथा उद्धार गरेको उनलाई उद्धृत गर्दै सिन्ह्‌वाले जनाएको छ। घटनाप्रति जाम्बियाका राष्ट्रपति हाकाइन्डे हिचिलेमाले दुःख व्यक्त गरेका छन् । उनले मृतकका आफन्तजनप्रति सहानुभूति पनि प्रकट गरेका छन् ।  -सिन्ह्‌वा


    तेस्रो आँखा