• ट्रेण्डिङ्ग :
विश्व अल्जाइमर दिवस
दैनिक व्यायाम र सन्तुलित भोजन गरे अल्जाइमर हुँदैन

दैनिक व्यायाम र सन्तुलित भोजन गरे अल्जाइमर हुँदैन


  • 5.6K
    SHARES
    • आश्विन ५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    दैनिक व्यायाम र सन्तुलित भोजन गरे अल्जाइमर हुँदैन

    काठमाडौं । विश्व अल्जाइमर दिवस आज (बुधबार) विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस जनचेतना बढाउने उद्देश्यले हरेक वर्षको सेप्टेम्बर २१ तारिखमा मनाइन्छ ।

    images

    अल्जाइमर एक प्रकारको डिमेन्सिया हो । जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यवहार अनि अभिव्यक्तिलाई असर गर्दछ । यो स्नायूप्रणालीको एउटा रोग हो । शुरुवातकालमा संवेगात्मक अनि व्यहारात्मक परिवर्तनका रुपमा अल्जाईमरका लक्षणहरु देखिन्छन् । पछि गएर अल्जाईमरले स्मरण शक्तिमा पूर्णतः ह्राससम्मको अवस्था निम्त्याउँछ ।

    यस रोेगका कारक तत्त्वहरुमा ७० प्रतिशत वंशाणुगत हुन्छ भने अन्य कारणहरुमा हाइपरटेन्सन,टाउकोमा गहिरो चोट र डिप्रेशनलाई पनि मानिन्छ । अत्यन्त व्यस्त जीवनशैली र आफ्ना लागि समयको अभाव, तनाव, मोटोपन अनि शारीरीक व्यायामको कमी जस्ता कारणले पनि अल्जाईमरको जोखिम बढाँउछ ।

    दैनिक व्यायाम, सन्तुलित भोजन, सामान्य जीवनशैली, जीवनबाट सन्तुलित अपेक्षा अनि दैनिक योगाभ्यास गर्नाले अल्जाईमरबाट जोगिन सकिन्छ। बुढेसकालमा मात्र अल्जाईमर हुने भने पनि त्यो पूर्णतः सत्य नहुने चिकित्सक बताउँछन् । 

  • सम्बन्धित विषय:

  • # विश्व अल्जाईमर दिवस

  • तेस्रो आँखा