काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानको उल्लघंन भएको बताएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुई-दुईपटक पारित भएर राष्ट्रपति भण्डारीसमक्ष प्रस्तुत गर्दा पनि प्रमाणीकरण नहुनु संविधानको उल्लघंन भएको बताएका हुन् ।
नले राष्ट्रपतिको यो कदम संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथिको प्रहार भएको बताए ।
'संसदको दुवै सदनबाट दुईरदुई पटक पारित भएको नागरिकता विधेयकलाई राष्टपतिले प्रमाणीकरण नगर्नु संविधानको ठाडो उलंघन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार हो,’ यादवले सामाजिक सञ्जालमा लेखेका छन् ।
