• ट्रेण्डिङ्ग :
डा. केसी आफ्नै खर्चमा काठमाडौं आए, त्रिवि शिक्षण अस्पतालमा भर्ना

डा. केसी आफ्नै खर्चमा काठमाडौं आए, त्रिवि शिक्षण अस्पतालमा भर्ना


  • 5.2K
    SHARES
    • आश्विन ५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    डा. केसी आफ्नै खर्चमा काठमाडौं आए, त्रिवि शिक्षण अस्पतालमा भर्ना

    काठमाडौं । डाक्टर गोविन्द केसी त्रिवि शिक्षण अस्पताल काठमाडौंमा भर्ना भएका छन् । अनशनका क्रममा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् । 

    images

    सात बुँदे माग राख्दै धनगढीमा अनशनमा बसेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. केसी आज बुधवार आफ्नै खर्चमा काठमाडौं आइपुगेका हुन् । उनले अस्पताल भर्ना भए पनि अनशन जारी राख्ने भएका छन् ।

    नेपाली सेनाको जहाजमार्फत मंगलबार काठमाण्डौ ल्याउन खोज्दा केसीले अस्वीकार गरेका थिए । स्वास्थ्यमा जटिलता देखिएपछि डा.केसीलाई सेती अञ्चल अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो ।  

  • सम्बन्धित विषय:

  • # डाक्टर गोविन्द केसी
  • # नशन जारी राख्ने

  • तेस्रो आँखा