• ट्रेण्डिङ्ग :
बारामा डेंगुको प्रकोप बढ्दै 

बारामा डेंगुको प्रकोप बढ्दै 


  • 6.0K
    SHARES
    • आश्विन ६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    बारामा डेंगुको प्रकोप बढ्दै 

    कलैया । बारामा डेंगुको प्रकोप बढ्दै गएको छ ।  डेंगुका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ । 

    images

    बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेङ्गुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए । उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेंगुका बिरामी फेला परेका छन् ।  

     डेंगु रोग परीक्षण गर्ने कीटको अभावमा अझै रोग पत्ता लगाउन नसकेको हुँदा कीटको आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी दिएको निमित्त जनस्वास्थ्य प्रमुख यादवले जानकारी गराए ।

    डेंगु रोग अझै बढ्न सक्ने उनको भनाइ रहेको छ । बारामा  डेंगुबाट अहिले मृत्यु भने भएको छैन । डेंगु रोग प्राणघातक रोग भएको हुँदा घर वरपर सरसफाइ राख्न, पूरै शरीरभरि कपडा लगाउन, खाल्डाखुल्डीमा पानी जम्न नदिनेलगायतका स्वधानी अपनाउन प्रदेशिक अस्पताल कलैयाका डा. विकेश पाण्डेयले सुझाव दिए । 

  • सम्बन्धित विषय:

  • # महामारी डेंगु

  • तेस्रो आँखा
    लेखकबाट थप