• ट्रेण्डिङ्ग :
पोखरामा ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ आजदेखि 

पोखरामा ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ आजदेखि 


  • 4.1K
    SHARES
    • आश्विन ६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.3K Views

    पोखरामा ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ आजदेखि 

    काठमाडौं । पोखरामा आजदेखि ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ जि–२ ¥याङकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप हुँदै छ । नेपाल तेक्वान्दो संघको आयोजनामा यही असोज ९ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ । 

    images

    प्रतियोगितामा सहभागी हुन १३ देशका एक हजार चार सय २५ खेलाडी पोखरा आइसकेका मूल आयोजक समितिका सचिव जगन गुरुङले जानकारी दिए । उनका अनुसार एउटै खेलका लागि यति ठूलो सङ्ख्याको सहभागिता नेपाली खेलकुदको इतिहासमा नै पहिलो हो । प्रतियोगितामा सिनियर र जुनियरतर्फको विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । 

    प्रतियोगितामा १४ वर्षदेखि ६० वर्षसम्म महिला र पुरुष गरी विभिन्न आठ तौल समूहमा तथा पुम्सेतर्फ १४ देखि ६० वर्षभन्दा माथि एकल, जोडी र समूहमा प्रतिस्पर्धा हुने आयोजक नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले जानकारी दिए ।

    प्रतियोगिताका लागि तेक्वान्दो महासंघको छाता संस्था वल्र्ड तेक्वान्दोका अध्यक्ष डा चोउ चुङ ओन, एशियन तेक्वान्दो फेडरेशनका अध्यक्ष लिक्यू सिोओकलगायत पोखरामा आउने बताइएको छ । विश्वभरिका खेलाडी, निर्णायक तथा प्रशिक्षक, तेक्वान्दो महासङ्घका विशिष्ट पदाधिकारीसहित दुई हजारभन्दा बढीको सहभागिता हुने अनुमान आयोजकको छ । 
     
    विश्वस्तरीय मेगा तेक्वान्दो प्रतियोगिता अवलोकन गर्न पाँच हजारभन्दा बढी तेक्वान्दो प्रेमी पोखरा आउने अपेक्षा गरिएको संघले जनाएको छ । यसअघि हालसम्म दुई पटक सफलतापूर्वक काठमाडौंमा सम्पन्न भएको प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण दुई वर्ष स्थगित हुन पुगेको थियो । 


    तेस्रो आँखा