• ट्रेण्डिङ्ग :
झापा आसपासका खोला र नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

झापा आसपासका खोला र नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह


  • 4.3K
    SHARES
    • आश्विन ७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    झापा आसपासका खोला र नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । गएरातिको वर्षातसँगै झापाका केही नदी तथा स-साना खोलामा पानीको सतह बढ्ने अनुमान गरिएको छ । 

    images

    नेपाल बाढी सूचनाका अनुसार पछिल्लो २ घण्टा झापाको चन्द्रगढी, बिर्तामोड, शनिश्चरे, कन्काई-गैडे, दमकलगायत झापाको धेरै स्थान तथा झापा-इलामको सीमा आसपास भारी वर्षा भएकाले मेची, बिरिङ, निन्दा, बक्राहा, अदुवाखोला, मावा-रतुवा तथा झापाका स-साना नदीमा जलसतह बढ्ने सम्भावना रहेको छ ।

    सम्भावित बाढीको जोखिमबाट बच्न ती खोला तथा नदी आसपासका तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको रहेको पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # मौसम

  • तेस्रो आँखा