• ट्रेण्डिङ्ग :
भीमफेदी बस दुर्घटना अपडेट : घाइते २५ जनाको नाम सार्वजनिक, २ जनाको सनाखत 

भीमफेदी बस दुर्घटना अपडेट : घाइते २५ जनाको नाम सार्वजनिक, २ जनाको सनाखत 


  • 4.1K
    SHARES
    • आश्विन ७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.3K Views

    भीमफेदी बस दुर्घटना अपडेट : घाइते २५ जनाको नाम सार्वजनिक, २ जनाको सनाखत 

    मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर-६ मा बिहिबार भएको यात्रुबाहक मिनी बस दुर्घटना मृत्यु हुनेमध्ये २ जनाको सनाखत भएको छ ।

    images

    दुर्घटनामा मृत्यु भएका नुवाकोटका ३५ वर्षीय रघुराज न्यौपाने, बारा झिटकैया –४ का ३३ वर्षीय अन्दुलाहा मिया ठकुराईको सनाखत भएको हो । अन्य ५ जनाको सनाखत हुन बाँकी रहेको र मृतक सबैको शब हेटौंडा अस्पतालमा रहेको छ । मृत्यु भएका न्यौपाने नेपाली सेनामा कार्यरत रहेको बुझिएको छ ।

    दुर्घटनामा ७ जनाको मृत्यु थियो भने २६ जना घाइते भएका जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको थियो। घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेर करिब ६० मिटर तलको मोडमा बस खसेको थियो ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा  घाइते भएका ३ जना अवस्था गम्भीर रहेको छ । उनीहरुको हेटौंडा अस्पतालबात थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । घाइते २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । बसमा ३३ जना सवार रहेको प्रहरीले जनाएको छ ।

     घाइतेको नामावली
    १, भारत सितामणी बस्ने वर्ष ३८ वर्षीय पप्पु चौधरी
    २,भारत दिल्ली बस्ने वर्ष–२७ को सारु खान
    ३, भारत मोतिहारी बस्ने वर्ष–१५ का सोयल अलि
    ४, जितपुर सिमरा उमनपा–१२ बस्ने वर्ष २७ को तैया अन्सारी
    ५, वीरगञ्ज–२४ बस्ने वर्ष ३० को सायल मिया अन्सरी
    ६, वीरगञ्ज–२४ बस्ने वर्ष–२७ को सईफुला खातुन
    ७, रौतहट लक्ष्मीनगर–२ बस्ने वर्ष–३० को महमद समिम
    ८, कलैया–१२ बन्दिपुर बस्ने वर्ष २६ को छोटेलाल पासवान
    ९, जगनाथपुर  बस्ने वर्ष–३५ की आरिसा खातुन
    १०, सिमरा उमनपा–३ बस्ने वर्ष २७ की पार्वती चौधरी
    ११, सिमरा उमनपा–३ बस्ने वर्ष–२ की सुदीक्षा चौधरी
    १२, बीरगञ्ज–२४ रामगढ बस्ने वर्ष २३ को निरुला अन्सारी
    १३, करैयामाई–५ बस्ने वर्ष २३ को धर्मेन्द्रप्रसाद सापकोटा
    १४, भारत मोतिहारी बस्ने वर्ष ३२ को राजकुमार सहनी
    १५, दिल्ली बस्ने वर्ष–३८ को गोपाल कुमार
    १६, रौतहट लक्ष्मिनिया–२ बस्ने वर्ष–३० को महमद समिम
    १७, वीरगञ्ज–२४ बस्ने वर्ष–२३ को निरज ठाकुर
    १८, वीरगञ्ज–२४ बस्ने वर्ष–२४ को आलम देवन
    १९, वीरगञ्ज–२४ बस्ने  वर्ष–२५ को मौसम अन्सारी
    २०, वीरगञ्ज–२४ बस्ने वर्ष–१७ को आदित्य चौधरी
    २१, सह चालक धुलीखेल–११ बस्ने वर्ष ३८ को हरि भुजेल
    २३, मोतिहारी बस्ने वर्ष–२१ को धीरज ठाकुर
    २४, बकैया–४ छतिवन बस्ने वर्ष–१९ कि संगिता तामाङ
    २५, बकैया–४ छतिवन बस्ने  वर्ष–२ की विपना तामाङ


    तेस्रो आँखा
    लेखकबाट थप