• ट्रेण्डिङ्ग :
 नेकपा बहुमतका नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ

 नेकपा बहुमतका नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ


  • 4.1K
    SHARES
    • आश्विन ७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.3K Views

     नेकपा बहुमतका नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ

    जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता पक्राउ परेका छन् ।

    images

    नेकपा (बहुमत) जाजरकोट जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही (नवीन) पाँच राउन्ड गोली भएको पेस्तोल र प्लास्टिक हेन्ड ग्रिनेडसहित पक्राउ परेका हुन् । 

    जाजरकोटको नलगाड नगरपालिका-६ सिर्केबाट पक्राउ परेका शाहीको साथबाट २ एमएम नौ राउन्ड, मेड इन युएसए लेखेको पेस्तोल, एच.जी.लट ४ लेखिएको तयारी अवस्थामा रहेको प्लास्टिक हेण्ड ग्रिनेड बरामद भएको जाजरकोट प्रहरी प्रमुख डिएसपी सन्तोषकुमार निरौलाले जानकारी दिए ।

    यता पक्राउ परेका नेता सिंहलाई विना सर्त रिहाइ गर्न नेकपा बहुमतले माग गरेको छ । नेकपा (बहुमत) का जिल्ला इन्चार्ज धमिल र जिल्ला संयोजक महानले भने विज्ञप्ति प्रकाशित गरी योजनाबद्ध ढंगले हतियार भिराएर शाहीलाई गिरफ्तार गरिएको आरोप लगाएका छन् ।


    तेस्रो आँखा