• ट्रेण्डिङ्ग :
हत्याको आशंका
ती महिलाको शव भेटियो, जसका श्रीमान विदेशमा छन् ! 

ती महिलाको शव भेटियो, जसका श्रीमान विदेशमा छन् ! 


घटनाबारे गम्भीर ढङगले अनुसन्धान अगाडि बढिरहेको छ : एसपी पंगेनी

  • 4.9K
    SHARES
    • आश्विन ८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    ती महिलाको शव भेटियो, जसका श्रीमान विदेशमा छन् ! 

    महोत्तरी । महोत्तरीको मट्टिहानीमा घाँस काट्न गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षीय अमना खातुन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

    images

    प्रहरीका अनुसार, शव घरबाट झन्डै एक किलोमिटर पर खोईर भन्ने ठाउँको बाँसघारीमा भेटिएको हो । शरिरभरी चोट र रक्ताम्य देखिएकोहुँदा कसैले विभत्स हत्या भएको हुनसक्ने प्रहरीको पारम्भिक अनुमान छ । 

    शवको प्रकृति हेर्दा हत्या गरेको जस्तो देखिएको हुनाले प्रहरीलाई छानबिनको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको नगरप्रमुख हरि प्रसाद मण्डलले बताए । शब राति भेटिएकोले पोष्टमार्टमको लागि बिहान पठाइने महोत्तरीका एसपी कृष्ण पंगेनीले जानकारी दिए । घटनाबारे गम्भीर ढङगले अनुसन्धान अगाडि बढाइएको एसपी पंगेनीको भनाइ छ । 

    मृतकको श्रीमान र एक छोरा वैदेशिक रोजगारीमा छन ।

  • सम्बन्धित विषय:

  • # हत्या

  • तेस्रो आँखा
    लेखकबाट थप