• ट्रेण्डिङ्ग :
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफद्वारा भारतसँग शान्तिको आह्वान

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफद्वारा भारतसँग शान्तिको आह्वान


  • 5.1K
    SHARES
    • आश्विन ८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफद्वारा भारतसँग शान्तिको आह्वान


     न्यूयोर्क ।  पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले संयुक्त राष्ट्रसंघ महासभामा कश्मीर मुद्दा उठाँदै भारतसँग आफ्नो देशले शान्ति स्थापनाको र शान्तिपूर्ण व्यवाहारको अपेक्षा गरेका छन् ।

    images

    'हामी भारतलगायत हाम्रा सबै छिमेकीहरूसँग शान्ति खोज्छौं, दक्षिण एसियामा दिगो शान्ति र स्थिरता वाहेका छौँ तथापि  यो  कार्य भने जम्मू र कश्मीर विवादको न्यायपूर्ण र दिगो समाधानमा निर्भर रहन्छ' उनले भने।  भारत कश्मीरका सम्बन्धमा पुरानो केन्द्र शासित क्षेत्र भारतको अभिन्न अङ्ग हो भन्ने आफ्नो लामो समयदेखि अडानमा अडिग रहेको छ ।

    'भारतले रचनात्मक संलग्नताको लागि सक्षम वातावरण सिर्जना गर्न विश्वसनीय कदमहरू चाल्नै पर्छ । हामी छिमेकी हौं र हामी सधैंभरि त्यहाँ छौं, हामी शान्तिमा बस्ने कि एकअर्कासँग लडिरहने भन्ने छनोट हाम्रो हो,' पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले महासभामा भनेका छन् ।

    ‘सन् १९४७ यता हामीले तीनवटा युद्ध गरिसकेका छौँ र त्यसको फलस्वरूप दुवै पक्षमा दुःख, गरिबी र बेरोजगारी मात्र बढेको छ ।  अब हाम्रा मतभेद, समस्या र तिनको शान्तिपूर्ण वार्ता र छलफलबाट समाधान गर्ने जिम्मा  पनि हाम्रै हो । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७७ औँ महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री शेहबाज शरीफले देशमा भरखरै आएको विनाशकारी बाढी र त्यसले पारेको असरका बारेमा पनि सम्बोधन गरेका छन् । यो बाढीमा ४०० भन्दा बढी बालबालिका सहित १५०० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।   बाढीका कारण थुप्रै कुपोषणको जोखिममा छन्। 

    पाकिस्तानमा बाढीका कारण एक करोड ८० लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको छ  भने  प्रकोपबाट झण्डै ८० लाख मानिस विस्थापित भएका छन् 


    तेस्रो आँखा
    लेखकबाट थप