• ट्रेण्डिङ्ग :
भारी वर्षाका कारण नाइजरमा १७९ जनाको मृत्यु

भारी वर्षाका कारण नाइजरमा १७९ जनाको मृत्यु


  • 4.1K
    SHARES
    • आश्विन ८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 6.3K Views

    भारी वर्षाका कारण नाइजरमा १७९ जनाको मृत्यु

    काठमाडौं । नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको यहाँको नागरिक सुरक्षा महानिर्देशनालयले शुक्रबार जनाएको छ । माटोले बनाइएका घरहरू वर्षाका कारण भत्किदा धेरै नागरिकको मृत्यु भएको हो ।
     यसै बीच मानवीय कार्य तथा विपद् व्यवस्थापन मन्त्रालयले गत साता जिन्डरस्थित अंगौल जुलुका जनतालाई १८५ बोरा चामल, १८५ बोरा कोदो र १६६ बोरा सिमी लगायतका खाद्यान्न सहयोग उपलब्ध गराएको  जनाएको छ । सन् २०२१ मा गर्मीको वर्षाले नाइजरमा ७७ जनाको मृत्यु  भएको थियो भने २५०,३३१ जना प्रत्यक्ष प्रभावित भएका  थिए।

    images


    तेस्रो आँखा