• ट्रेण्डिङ्ग :
ब्याज वृद्धि नभएर पुँजीगत सुधार, खर्च र लगानी बढाउन अति आवश्यक 

ब्याज वृद्धि नभएर पुँजीगत सुधार, खर्च र लगानी बढाउन अति आवश्यक 


  • 4.3K
    SHARES
    • आश्विन ९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    ब्याज वृद्धि नभएर पुँजीगत सुधार, खर्च र लगानी बढाउन अति आवश्यक 

    काठमाडौं ।  उद्योग परिसंघ प्रदेश १ ले बैंकको ब्याजदरप्रति राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । परिसंघले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकलाई ध्यानाकर्षण गराएको हो ।

    images

     ‘बैंकहरुले असोज महिनादेखि लागू हुने गरि निक्षेपमा नयाँ व्याजदर दोहोरो अंकमा वृद्धि गरि प्रत्येक बैंकले अलग अलग प्रतिस्पर्धी रूपमा असामान्य तरिकाबाट ब्याजका दर वृद्धिको सूचना सार्वजनिक भएको विषयप्रति नेपाल उद्योग परिसंघ प्रदेश नं १ को गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी सूचनामा भनिएको छ, ‘यस विषयमा हामीले दिएको सुझावको वास्तै नगरि व्याजका दरहरु वृद्धि गरिएकोमा नेपाल उद्योग परिसंघ प्रदेश नं १ आपत्ति सहित व्याजका दरहरु वृद्धि निर्णयप्रति बिमति रहेको जानकारी गराउँदछौं ।’

    परिसंघले बैंकमा निक्षेप बढाउन व्याज वृद्धि नभएर पूँजीगत सुधार र पूँजीगत खर्च र लगानी बढाउन अति आवश्यक रहेकोमा जोड दिएको छ । ‘अहिलेको अवस्थामा आर्थिक औद्योगिक क्षेत्रले एकातिर तरलताको अभावको सामना गरिरहेको छ भने उपभोक्ताको क्रय शक्तिसमेत ह्रास हुँदै गई आर्थिक क्षेत्र नराम्रोसँग प्रभावित भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘नाफा कमाइ रहेका बैंकलाई थप संरक्षण गरी ब्याजबाट अरू नाफा कमाउने र त्यसको माध्यम चै लगानीकर्ता व्यवसायी हुनु पर्ने अवस्था कदापी हुनु हुँदैन ।’

    विगत केहि महिनादेखि लगातार बढेको बैक ब्याजदर लगानी योग्य तरलता अभाव सरकारले आयातमा लगाएको सीमा र कडाइ समेतले उद्योग ब्यवसाय नराम्रो संग प्रभावित भएको भन्दै उद्योग परिसंघले अहिलेको अवस्थामा लगानी योग्य पूँजीको अभावको कारण उद्योगले आफ्नो क्षमता अनुसार उत्पादन गर्न नसकिरहेको अवस्थामा अब कर्जामा थपिने ब्याजदरका कारण उद्योग बन्द गरेर बस्नुको विकल्प नदेखिएको जनाएको छ ।

    यस्तै परिसंघले बैक संचालक र उद्योग संचालक एकै व्यक्ती वा एकै परिवार रहँदा आर्थिक क्षेत्रमा बिकृती बढ्दै गएको बताउँदै  राज्य तथा राष्ट् बैकले यस तर्फ ध्यान नदिएकोले भविस्यमा मुलुकको अर्थीक क्षेत्र सिमित व्यक्ति वा घरानामा सिमित रहन गै आर्थिक क्षेत्र दुर्घटना उन्मुख रहने तर्फ समेत सचेत रहन आग्रह गरेको छ । 


    तेस्रो आँखा