• ट्रेण्डिङ्ग :
कुखुरापालनबाटै वार्षिक ४० लाख आम्दानी

कुखुरापालनबाटै वार्षिक ४० लाख आम्दानी


  • 4.1K
    SHARES
    • आश्विन १०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.2K Views

    कुखुरापालनबाटै वार्षिक ४० लाख आम्दानी


    काठमाडौं । मोरङको सुन्दरहरैँचा–९ स्थित प्रगति टोलका किसान एनकुमार गिरीले १० वर्षदेखि व्यावसायिक कुखुरापालन गरेका छन् ।  उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन् ।

    images

    एनी एन्जल कृषि फार्म प्रालि दर्ता गरेर १५ कठ्ठा जग्गामा  व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा रू ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताए ।  

    रु दुई करोड लगानीमा फार्म सञ्चालन गरेका गिरीले अहिले लेयर्स जातका कुखुरा पालेका छन् । 'स्वदेशमै बसेर केही आयआर्जन गर्ने सोचमा भएकोले सुरूमा ऋण लिएर कुखुरा फार्मका लागि जग्गा जोडेको थिएँ, अहिले यही पेसाबाट बैंकको ऋणसमेत तिर्न सफल भएँ', गिरीले सुनाए ।  

    बिबिएस पास गर्नुभएका उनी आयुर्वेदका ज्ञातासमेत हुन् । कृषिमा ठूलो सम्भावना देखेर रहरले सुनसरीको तरहराबाट सुन्दरहरैँचा आएर व्यावसायिकरूपमा कुखुरापालन गरेकोमा यसबाट आफू खुशी भएको उनले सुनाए । 

     फार्ममा दैनिक पाँच हजार अन्डा उत्पादन हुन्छ । अन्डा प्रतिगोटा रू ११ मा फार्ममै बिक्री हुन्छ भने पूर्वी नेपाललगायत विभिन्न स्थानमा थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको किसान गिरीले उल्लेख गरे । लेयर्सजातको कुखुरा अण्डा र मासुका लागि उपयुक्त मानिन्छ ।

    कुखुराको सुली (मल) बाट समेत राम्रो आम्दानी हुने गरेको उनले बताए ।  प्रतिबोरा रू तीन सयमा फार्मबाट सुली बिक्री हुने गरेको गिरीले सुनाए । दुई वटा ठूला ठूला कटेरोमा  कुखुरा पालिएको छ । कुखुरापालनसँगै बाख्रासमेत पालेर उहाँले आफ्नो कृषि पेसा अगाडि बढाएका छन् ।  उनले उन्नत बोयर  जातका ५० भन्दा बढी बाख्रा पालेका छन् । “कृषिमा सम्भावना धेरै छ, जाँगर चलाउँदै तरिका पुर्‍याएर काम गर्दा नाफा हुछ”, उनी भन्छन् ।  

     कुुखुरालाई बेलाबखत लाग्ने रोगले भने सताउँछ । त्यस्तै कहिलेकाहीँ बिचौलियाले गर्दा उचित मूल्य नपाउने गुनासो पनि उनले सुनाए । 

    सुन्दरहरैँचा नगरपालिका–९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले यस नगर क्षेत्रमा कृषिका लागि धेरै सम्भावना र अवसर भएको बताए । उनले गिरीले गरेको  कृषि कार्य उदाहरणीय भएको बताए ।  “उद्यमशील किसानलाई  सरकारले आवश्यक सहयोग गर्न जरूरी छ”, उनले भने । 


    तेस्रो आँखा
    लेखकबाट थप